Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थप ३ किलो सुनसहित दोलखाबाट एक जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले दोलखाबाट थप ३ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीले दोलखाको बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट३किलो सुनसहित केशव तामाङलाई पक्राउ गरेको हो ।

चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने प्रहरीको अनुमान छ । दोलखाबाटै चारकिलो सुनसहित बिहीबार ५ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा बिगु गाउँपालिका ३ की सीता तामाङ, पेम्बा तामाङ, माधव मगर,नुर्बु शेर्पा र सुनमला तामाङ रहेका छन् ।

उनीहरुविरुद्ध प्रहरीले भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077