Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमतको नीति : आगामी चुनावमा गठबन्धन नगर्ने, तत्काल एकीकरण पनि बन्देज !

काठमाडौं । जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने भएको छ ।

सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने नीति लिएको हो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन–२०८४’ अभियान सुरु गरेको जनमतले पार्टीलाई देशभर स्थापित गर्न सङ्गठन निर्माणलाई तीव्रता दिएको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

पार्टीको आगामी रणनीतिबारे आज सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै प्रवक्ता यादवले पार्टी बन्दै गरेको अवस्थामा आगामी निर्वाचनलाई लक्षित गरेर वडा तहदेखि नै सङ्गठन निर्माणमा केन्द्रित हुने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077