Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार आवश्यक : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेशमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार आवश्यक रहेको बताएका छन् ।

बिहीबार एमाले मधेस प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् ।

उनले मधेशमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।

अघिल्लो पाँच वर्षको कार्यकाल र अहिलेको एक वर्षे कार्यकाल हेर्दा मधेस प्रदेशमा एमालेको बहुमतसहितको मुख्यमन्त्री हुनुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077