Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको प्रस्ताव - कोशीमा एमालेसँग मिलेर सरकार बनाऔँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कोशी प्रदेशमा एमालेसहितको सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले यस्तो प्रस्ताव अघि सारेका हुन् । उनले कोशी प्रदेशमा अस्थिरता बढेको भन्दै स्थिरताका लागि एमालेसहितको सरकार गठन गर्नुपर्ने बताए ।

प्रदेशमा सरकार अस्थिर हुँदै जाँदा हुने खेलले प्रदेशको औचित्यमाथि प्रश्न उठाउने भन्दै कोशी प्रदेशमा जारी अस्थिरता पनि अन्त्य हुनुपर्ने बताए ।

प्रदेशमा सरकारमा बढेको अस्थिरताले नागरिकमा प्रदेशप्रति नकारात्मक धारणा निर्माणमा सहयोग गरेको उनको भनाई छ । महामन्त्री थापाले कोशीमा स्थिरताको समस्या आएको भन्दै अब एमालेसँगै मिलेर सरकार बनाउनुपर्ने कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077