Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सल्यान जीप दुर्घटना : मृतक दुवै जनाको परिचय खुल्यो

सल्यान । सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका दुबै जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका– १८ का ५० बर्षीय गणेश बुढा र २५ बर्षीय भक्तबहादुर घर्ती रहेका छन् । बुढा सवारी धनी हुन् भने घर्ती चालक रहेको खुलेको छ । उनीहरू दुबैको घटनास्थलमै मृत्यु भएको हो ।

आज बिहान रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँबाट झन्डै तीन सय मिटर तल खसेको थियो।

दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ बर्षीय नारायण योगी गम्भीर घाइते छन् । उनलाई उपचारका लागि तुलसीपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077