Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैकुण्ठे तालमा डुबेर बैंकका कर्मचारीको मृत्यु

चितवन । चितवनको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।

चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा तिमिल्सिनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए।

दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077