Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन समितिको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभातर्फका पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना समिति तथा राष्ट्रियसभाको दिगो विकास तथा शुसासन समितिको बैठक बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार बिहान ११ बजे समितिको हल सिंहदरबारमा बस्ने पुर्वाधार विकास समितीको बैठकमा समितिको भावी कार्ययोजनाबारे छलफल हुनेछ ।

यस्तै ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा एमबिबिएस अध्ययनरत एवम् अनशनरत विद्यार्थीको समस्याबारे त्रिभुवन विश्वविद्यालयका उपकुलपति, नेपाल मेडिकल काउन्सिल र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्रतिनिधिसँग गरिने छ ।

दिउँसो १ बजे बस्ने दिगो विकास तथा शुसासन समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालासँग छलफल छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077