काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको अध्यक्ष चतुरबहादुर चन्दले पहिलो कार्यकाल मिश्रित रहे पनि आगामी चार वर्षलाई उत्कृष्ट बनाउने बताएका छन् ।
अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएपछि चन्दले यस्तो बताएका हुन् ।
अध्यक्ष चन्दले सर्वसम्मत हुँदा खुसी हुने कुनै कारण नभएको बताए ।
अध्यक्ष चन्दसँगै उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निविरोध चयन भएका छन् ।
यस्तै, सचिवमा पूर्वकप्तानसमेत रहेका पारस खड्का र प्रशान्तविक्रम मल्ल भिड्ने भएका छन् ।