काठमाडौं । नेपाल क्रिकेट संघ क्यान को अध्यक्षमा हालका अध्यक्ष चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।
अध्यक्षमा चन्दको मात्रै मनोनयन दर्ता भएपछि सर्वसम्मत निर्वाचित भएका हुन् । यसैगरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् ।
सो पदमा उनको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।
नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।
सचिव लगायत अरु पदका लागि निर्वाचन जारी छ । सचिवमा भने पारस खड्कालाई प्रशान्त विक्रम मल्लले चुनौति दिएका छन् ।
चन्दको प्यानलबाट उठेका पारसविरुद्ध पूर्वकार्यवाहक सचिव मल्लको उम्मेदवारी परेको हो ।
अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध भएका छन् । सचिव र केन्द्रीय सदस्यका लागि आजै निर्वाचन हुने छ ।