Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद्‌ बैठकमा निरन्तर उपस्थित हुन सांसदहरुलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदहरुलाई संसद्‌मा निरन्तर उपस्थित हुन आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् । प्रमुख सचेतक लेखकले सांसद्हरू संसद्को बैठकमै नियमित उपस्थित नहुने कुरा शोभनीय नभएको स्मरण गराए ।

प्रमुख सचेतक लेखकले भने,‘हाम्रो संसद्‌मा उपस्थिति निकै कमजोर छ । कति पटक त कोरम नपुगेर बैठक नै स्थगित हुने गरेको छ । गणपुरक संख्या नपुगेर बैठक नै स्थगित हुने कुरा प्रमुख दलको हिसाबले हामीलाई शोभा दिने कुरा होइन।’

कतिपय बैठकहरू कोरम नपुगेकै कारण स्थगित भएको भन्दै उनले संसद्का बैठकमा नियमित सहभागी हुन पार्टीका सांसदहरूलाई आग्रह गरे ।

प्रमुख सचेतक लेखकले प्रमुख दलको सांसद भएको हिसावले पनि सांसदहरूलाई बैठकमा उपस्थित नहुने कुराले शोभा नदिने बताए ।

संसद्का पछिल्ला केही बैठकहरुमा सत्तापक्षकै सांसदहरु गयल हुँदा गणपुरक नपुगेर बैठक नै स्थगित हुन पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077