Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१४.२ केजीभन्दा बढी क्षमताको ग्याँस सिलिण्डर विक्री गरे कारबाही गर्ने निगमको चेतावनी

काठमाडौं । नेपाल आयल निगमले १४ २ केजी भन्दा बढी क्षमताका ग्यास सिलिन्डर प्रयोग नर्गन आग्रह गरेको छ ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो क्षमताभन्दा बढीका सबै प्रकारका सिलिण्डर गैरकानुनी भएको जनाएको हो ।

निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी विक्री वितरण गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिम कारबाही हुने निगमले जनाएको छ ।

विभिन्न स्थानमा ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरू समेत एलपी ग्याँस भरी बिक्री वितरण भएको भन्दै निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमले त्यस्ता सिलिन्डरहरूको प्रयोग नगर्न उपभोक्तालाई अनुरोध समेत गरेको छ । बढी क्षमताका सिलिन्डरमा ग्याँस भरी बिक्री वितरण गर्न विभिन्न उद्योगले अनुमति माग गरे पनि निगमले अनुमति नदिएको स्पष्ट गरेको छ ।

निर्धारित तौल भन्दा बढी क्षमताका सिलिन्डरमा ग्याँस भरी विक्री वितरण गरेको पाइएमा कारबाही गरिने पनि निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077