Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – विद्यालय बन्द नगरौं, विधेयक हामी सच्याउँछौं !

    कांग्रेस महामन्त्री थापाले भने – विद्यालय बन्द नगरौं, विधेयक हामी सच्याउँछौं !

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 747
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन्।

    बिहीबार सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् । महामन्त्री थापाले शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने बताए।



    महामन्त्री थापाले लेखेका छन्,‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौं। विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो ।हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं। आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौं।’



    शिक्षा विधेयक संसदमा दर्ता भइसकेकाले त्यसमाथि छलफल गर्ने र संशोधन गर्ने जिम्मा आफूहरूको भएको पनि उनले बताए। शिक्षकहरूले राखेका मागलाई सम्बोधन गर्ने विषयमा पनि आफूहरू प्रतिबद्ध रहेको महामन्त्री थापाको भनाई छ।

    उनले शिक्षकहरूलाई आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गर्न पनि आग्रह गरे। शिक्षक महासंघ लगायत संस्थाहरूले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार