काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले आन्दोलनमा जाने निर्णय गरेका छन् ।
महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को निर्देशनलाई अवज्ञा गर्दै उनीहरुले आज सो निर्णय गरेका हुन् ।
महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी हुने बताए।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्को सूचना नभएसम्मका लागि माइतिघर मण्डलामा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरु उपस्थित हुन । आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति संवेदनशील हुँदै उक्त क्षतिलाई परिपूर्ति गर्न विदाका दिनमा पठनपठन गरिने प्रतिवद्धता व्यक्त गर्दछौं।’
संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयक खारेजीका लागि शिक्षक महासंघले बुधबारदेखि माइतीघरमा विशाल आन्दोलन सुरु गरेको छ। देशभरबाट आएका शिक्षकहरू आन्दोलनमा सहभागी छन्।
महानगरपालिकाका सामुदायिक विद्यालयका प्रध्यानाध्याकहरूले आन्दोलनलाई समर्थन गर्दै अनिश्चित रुपमा विद्यालय बन्द गर्ने बताएका छन्।
आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिलाई परिपूर्ति गर्न विदाका दिनमा पठनपाठनमा गरिने प्रतिबद्धता उनीहरूले गरेका छन्।
विधेयकको प्रावधानविरुद्ध नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा बुधबारबाट काठमाडौंमा वृहत सडक आन्दोलन जारी छ। बुधबार नै काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरी आन्दोलमा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको छ।
Leave a Reply