Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा हरितालिका (तीज) चाड मनाइएको बताएका छन् ।

हरितालिका (तीज), २०८० को अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने गरेको बताए ।

उनले भने,‘यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ । समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्‌भाव कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निभाएको छ। परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यो चाड मनाउँदै आइरहेको मैले महसुस गरेको छु।’

देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न मौलिक चाडको गरिमालाई सम्मानजनक बनाउनु आवश्यक भएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077