Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई संसदीय समितिको निर्देशन - अत्यावश्यक खाद्य पदार्थ अभाव हुन नदिनू

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाद्यान्नमा भएको मूल्य बृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले चिनी, चामल र गहुँलगायतका खाद्यान्नमा भएको मूल्य बृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

छलफलपछि समितिले चिनी, चामल र गहुँमा भ्याट र भन्सार शुल्कमा शतप्रतिशत छुट सुविधा उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले चाडपर्वका समयमा अत्यावश्यक खाद्य पदार्थको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । बैठकले दसैं, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अत्यावश्यक खाद्य वस्तुहरूको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

अत्यावश्यक खाद्य वस्तुको बिक्री वितरण शुलभ मूल्यमा गर्न पनि सरकारलाई सचेत गराइएको समितिले जनाएको छ। समितिले बजारको मागअनुसार मूल्य अभिवृद्धि करमा पूरै छुट हुनेगरी अति आवश्यकीय खाद्य वस्तुको आयात गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग सम्बोधन हुने गरी तत्काल सहमति दिन पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077