Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहित अनुसन्धान टोली खटियो

काठमाडौं । शुक्रबार राति तीनकुनेस्थित गैह्रीगाउँमा भएको एकै परिवारका तीनसहित चार जनाको सामूहिक हत्याको तालिम प्राप्त कुकुरसहित अनुसन्धान भइरहेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान शुरू गरेको हो ।

अनुसन्धानका क्रममा सबै नाकामा प्रहरी टोली परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलबाट सोधपुछको लागि काठमाडौं ३२ तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ ।

गैह्रीगाउँस्थित दिव्य सःमिलमा गएराति धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको थियो । हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका हुन् ।

हत्या हुनेहरूमा हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।

घटनास्थलमा मुचुल्का लगायतको कार्य सम्पन्र गरी शव पोष्‍टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्‍ज पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077