Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गैरीगाउँमा हत्या गरिएका चार जनाको सनाखत, एकजना पक्राउ

काठमाडौं । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ ।

दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना गएराति ११ः५५ बजे घटेको बताइएको छ । धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउने तयारी गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077