Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • बालअधिकार कार्यान्वयनमा गम्भीर बनौँ : राष्ट्रपति पौडेल

    बालअधिकार कार्यान्वयनमा गम्भीर बनौँ : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 993
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन् ।

    राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा शुभकामना दिँदै पौडेलले यस्तो बताएका हुन् ।



    उनले बालअधिकार कार्यान्वयनमा राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारीर गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायको एकीकृत र समन्वयात्मक भूमिकाको अहं दायित्व हुने बताए ।



    ‘नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन्’, उनको सन्देशमा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार