Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं र ललितपुरका यी क्षेत्रमा भोलिदेखि विद्युत् अवरूद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुरका केही क्षेत्रमा लगातार तीन दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

बिहीबार एक सूचनामार्फत नेपाल विद्युत् प्राधिकरणले टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने भएको हो ।

प्राधिकरणले ६६ केभीको स्युचाटार–टेकु प्रसारण लाइन भोलि शुक्रबार बिहानदेखि आगामी सोमबार बिहानसम्म सट डाउन गर्ने जनाएको छ । टेकु सबस्टेसनमा ट्रान्सफर्मर चार्जसहितका कामका लागि उक्त प्रसारण लाइन बन्द गर्न लागिएको हो ।

साथै, प्राधिकरणले स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तथा स्युचाटार–केथ्री लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन हुने जनाएको छ ।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित / बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077