Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको १५औं महाधिवेशन तोकेको समयभन्दा पछि नसर्ने महामन्त्री थापाको दाबी

पोखरा । नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन विधानले तोकेको समयभित्र हुने बताएका छन् ।

बुधबार पोखरा महानगरपालिकाको सम्मेलनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले पार्टीको १५औं महाधिवेशन २०८२ को मंसिरभित्र गरेरै छाड्ने बताए ।

महामन्त्री थापाले यसपटक विधानले तोकेको समयभन्दा पछि नसर्ने दाबी गरे ।

महामन्त्री थापाले भने, ‘२०८२ मा महाधिवेशन गर्नैपर्छ । २०८२ सालको मंसिर उता महाधिवेशन एक जाँदैन, दुई जाँदैन, तीन जाँदैन । जान दिइन्न ।क्रियाशील सदस्यता टुंगाउन म संयोजक हुँ । सबैले काम गरेर अधिवेशन गराउने हो ।’

पार्टीमा क्रियाशील सदस्यता टुंगो लगाउने जिम्मेवारी महामन्त्री थापालाई छ । उनले २०८२ वैशाखअघि नै क्रियाशील सदस्यता टुंग्याउने दाबी गरेका छन् ।

महाधिवेशन हुने वर्षमा नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण नहुने उनले बताए । चार वर्षभित्र महाधिवेशन हुँदा २०८३ सालमा सबै तहका सम्मेलन गर्न सकिने उनले बताए । तहगत सम्मेलनबाट तल्लो तहका संरचनाले निर्वाचनका लागि आफैं उम्मेदवार छान्न सकिने महामन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077