Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र इजरायलका राजदूत हानन गोदर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेल र राजदूत गोल्डबर्गरबीच शिष्टाचार भेट भएको हो ।

भेटमा राष्ट्रपति पौडेलले इजरायल सरकारले नेपाललाई विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी एवम् कृषि तथा सहकारी क्षेत्रमा सहयोग प्रदान गरेकोमा खुशी व्यक्त गरेका थिए ।

राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अघि बढ्ने कुरामा विश्वस्त रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077