Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई पक्षबीच झडप हुँदा सर्लाहीको मलङ्गवामा लगाइएको कर्फ्यु हट्यो

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा लागेको कर्फ्यु हटेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ८ बजेदेखि कर्फ्यु हटेको हो ।

शुक्रवार बेलुका मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्णको मूर्ति विसर्जन गरी फर्किने क्रममा विवाद भएको थियो । दुई पक्षबीचको विवादमा झडप भएको थियो ।

केही व्यक्ति र प्रहरी समेत घाइते भएका थिए । हिजो दिउँसो फेरि दुवै पक्षबीच विवाद बल्झिएपछि स्थानीय प्रशासनले सुरक्षा बढाउँदै कर्फ्यु लगाएको थियो । कर्फ्यु हटेसँगै अहिले जनजीवन सामान्य बन्दै गएको छ ।

बजार खुलेका छन् भने गाडी पनि सहज रुपमा चलिरहेका छन् । मलङ्गवामा हिजो बेलुका ५ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077