Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • देउवालक्षित गगन थापाको टिप्पणी – अब दाईले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौं !

    देउवालक्षित गगन थापाको टिप्पणी – अब दाईले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौं !

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा रहेको ‘दाइभाउजू’ प्रवृत्ति अन्त्य गर्ने बताएका छन्।

    सिन्धुपाल्चोकको बाह्रबिसेमा शुक्रबार भएको नेपाल महिला संघको तिज कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।



    महामन्त्री थापाले भने, ‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ। तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्यो भने चाहिँ तपाईंको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ । म महामन्त्री भएकाले अहिले टिकट बाँडेको नजिकबाट हेरें। तपाईंले सबै अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन् । सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट भाइजूलाई दिन्छ । त्यसैले दाईले भाउजूलाई टिकट नदिने अवस्था कसरी बनाउने ? भोलि अर्को दाईले भाउजूलाई देला । कुनै एउटा दाईको कुरा मात्रै होइन । १५ औँ महाधिवेशनबाट यो परिपार्टी बदल्नुपर्छ ।’



    उनले सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै आगामी महाधिवेशनबाट ‘टिकट बाँड्ने अधिकार दाइलाई नदिने’ बताए। दाइलाई टिकट बाँड्ने अधिकार दिँदा दाइले भाउजूलाई दिने‍ भन्दै उनले विकृति बढेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार