Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीलाई गगन थापाको प्रश्न - अब एक्लै हिंड्न नमिल्ने भएको हो ?

काठमाडौैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको हमलाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु - के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो ?’

उनले खुकुरी प्रहार गर्ने व्यक्ति सन्काहा भन्दै घटनालाई थामथुम पार्ने प्रयास भएको आरोप लगाए । गृहमन्त्रीमाथि प्रश्न गर्दै थापाले बाहिर हिँड्न वा बोल्न नहुने हो भन्दै आक्रोश पोखे ।

कुनै पनि माध्यमबाट हिंसा जायज छ भन्ने भाष्य स्थापित गराउन खोजियो भने ठुलो गल्ती हुने उनको तर्क छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077