Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

हाम्रो आन्तरिक मामिलामा टिप्पणी गर्ने छुट कसैलाई छैन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

उपमहासचिव पुनले भने, ‘को राजदूतले, कहाँको राजदूतले भन्योभन्दा पनि हाम्रो आन्तरिक मामिलामा कसैले पनि टिप्पणी गर्ने या कोही छिमेकसँग या तेस्रो पक्षसँग नेपालको सम्बन्धको विषयमा अरुले टिप्पणी गर्ने परम्परा बसाल्न दिनै हुँदैन । यो बेठिक हो, अन्तर्राष्ट्रिय कूटनीतिमा पनि र हाम्रो कूटनीतिमा पनि ।’

उपमहासचिव पुनले नेपालको घरेलु मामिलामा टिप्पणी गर्ने अधिकार कुनै पनि कूटनीतिज्ञहरुलाई नभएको बताए। घरेलु मामिलामा टिप्पणी गर्नेहरुलाई सरकारले सचेत गराउनु पर्ने उनको भनाइ छ ।

नेपालका लागि चिनियाँ राजदूतले हालैमात्र नेपाल–भारत व्यापारका विषयमा कडा टिप्पणी गरेका थिए । पुनले नेपालको सम्बन्धको विषयमा अरुले टिप्पणी गर्ने परम्परा बसाल्नै दिन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077