Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

पार्टी भित्रकै नेता भएपनि भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न जोकोहीलाई पनि छोड्न नहुने टिप्पणी गरेका छन् ।

पार्टी निकट श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उपमहासचिव पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले पार्टी भित्रकै नेता भएपनि भ्रष्टाचारमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन बारम्बार दबाब दिने गरेको जिकिर समेत गरे ।

उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077