Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिक दलका खाता सार्वजनिक लेखा समितिले हेर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं नेकपा एमालेका सांसद योगेश भट्टराईले राजनीतिक दलहरूको खाता सार्वजनिक लेखा समितिले हेर्नुपर्ने बताएका छन् ।

सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद भट्टराईले यस्तो बताएका हुन् । सांसद भट्टराईले राजनीतिक दलहरूको आर्थिक पारदर्शिताको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले हेर्नुपर्ने बताए।

सांसद भट्टराईले राजनीतिक दलको खर्च कसरी चलिरहेको भन्नेबारे संसदीय समितिले चासो राख्नुपर्ने धारणा राखे। राजनीतिक दलहरू पारदर्शी र जवाफदेही बन्नुपर्ने सांसद भट्टराईको भनाई छ ।

सांसद भट्टराईले भने, 'सार्वजनिक लेखा समितिले राजनीतिक पार्टीका खाता पनि हेर्नुपर्छ । उनीहरूको खर्च कसरी आएको छ ? कहाँबाट चलेको छ ? भन्ने हेर्नुपर्छ । सार्वजनिक लेखा समितिले राजनीतिक दलसँग सम्बन्धित विषय पनि हेर्नुपर्छ ।'

राजनीतिक दलहरूको आर्थिक व्यवहार कसरी र कोबाट चलिरहेको छ भन्ने विषयमा संसदीय समितिले हेर्नुपर्ने उनको भनाइ छ ।

पार्टीबाट मन्त्री भएकाहरूको पालामा कति बेरुजु भयो र कसरी काम भयो भन्ने कुराको प्रतिवेदन बनाएर संसदीय समितिले सम्बन्धित राजनीतिक दलको कार्यालयमा पठाउनुपर्ने भट्टराईको भनाइ थियो ।

मन्त्री भएको कार्यकालमा कति पारदर्शी भयो र बेरुजु तथा अनियमितता भयो भन्ने विषयमा सार्वजनिक लेखा समितिले सम्बन्धित राजनीतिक दललाई लेखिी पठाउँदा राज्यलाई फाइदा हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077