Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक साताअघि नै मेयर बालेनलाई पुत्री लाभ भएको खुलासा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई एक साताअघि नै पुत्रीलाभ भएको खुलेको छ ।

एक साताअघि नै आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले ललितपुरको मेडिसिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

आफ्नी श्रीमती सविना काफ्ले चढेको सरकारी गाडीलाई शनिवार ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाउने धम्कीसहित फेसबुक स्टाटस लेखेका थिए ।

आलोचनाबाट बच्न केही दिनअघि नै जन्मिएकी छोरीको विषय ढिला गरी सार्वजनिक गरेको खुलेको हो ।  ट्राफिक प्रहरीले गाडी रोक्दा गाडीमा ड्राइभर र बालेनकी श्रीमती थिए ।

चेकजाँचका क्रममा रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले अराजक शैलीमा फेसबूक स्टाटस लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077