Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रचण्ड नेतृत्वको सरकारले साहसिक काम गरेको छ : वर्षमान पुन

    प्रचण्ड नेतृत्वको सरकारले साहसिक काम गरेको छ : वर्षमान पुन

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 687
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले इतिहासले सम्झिनेगरी जनपक्षीय काम अघि बढाएको बताएका छन् ।

    गोङ्गबु बसपार्कमा ‘जनतासँग माओवादी विशेष अभियान’ को शनिवार उद्घाटन गर्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् । उपमहासचिव पुनले देशमा अहिले जनताको सरकार रहेको बताए ।



    माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताए । देशमा पहिलोपटक सरकारले पनि जनताको पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो ।



    सुशासनका लागि भ्रष्टाचार विरोधी अभियान प्रतिस्पर्धी दल वा आफूसँग असहमत पक्षतर्फ लक्षित रहेको भन्ने भ्रम फैलाउन खोजिएको भन्दै समग्र मुलुकको शुद्धीकरणका लागि थालिएको पुनले उल्लेख गरे ।

    प्रचण्ड नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको उनको दाबी छ । पुनले सरकार वा राज्य संयन्त्र र सामाजिक संस्थाको नेतृत्वमा पुगेकाहरूमा वैध/अवैध सबै तरिकाले धन आर्जन गर्ने र मोजमस्तीमा खर्च गर्ने प्रवृत्ति हाबी भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार