Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चको न्यायाधीशमा सिफारिस शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका विनोद शर्माविरुद्ध उजुरी आह्वान गरिएको छ ।

संघीय संसद् अन्तरगत संसदीय सुनुवाइ समितिले सूचना प्रकाशित गर्दै उजुरी माग गरेको हो ।

‘सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइका लागि समितिमा पत्र प्राप्त हुन आएकोले सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,‘सूचनामा भनिएको छ ।

स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै पनि जिल्लाको जिल्ला प्रशासन कार्यालय मार्फत सूचना वा उजुरी दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077