Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तस्करीको सामान बरामदपछि झडप, दुई सशस्त्र प्रहरी र एक स्थानीय घाइते

बाँके । सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि बाँकेमा झडप भएको छ । सामान ल्याउने व्यक्तिहरूसँग भएको झडपमा परी दुईजना सशस्त्र प्रहरी र एकजना स्थानीय घाइते भएका छन् ।

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ चौली चोकबाट बिहीबार राति ९ः३० बजे नं. ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद गरेको थियो । हार्डवेयरका ती सामानको पूरा भन्सार तिरेको नपाइएपछि सशस्त्र प्रहरीले सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

यसपछि भन्सार छलीका उक्त सामान फिर्ता पाउनु पर्छ भनि ल्याउने व्यक्तिहरू र करिब १ सयदेखि १२० जना स्थानीय भेला भई ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हुलहुज्जत गरी सामान खोसेर लैजान खोजेको र त्यही क्रममा झडप भएको बताइएको छ ।
‘तत्कालै थप मद्दतको लागि उक्त गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र बिओपी जयसपुरबाट खटिएको ७१ जनाको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरूलाई सम्झाइ–बुझाइ गरेपश्चात फिर्ता भएकोमा सामान ल्याउने व्यक्तिहरू पुनः रातको १०ः३० बजे सो स्थानमा आएर ड्युटीमा रहेको सशस्त्र प्रहरीमाथि एक्कासी ढुंगामुढा प्रहार गरी भाग्ने क्रममा सोही उपमहानगरपालिका १४ बस्ने १८ वर्षीय जहित हसमित सामान्य घाइते भएका हुन्,’ सशस्त्र प्रहरीले जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै, ढुंगामुढा प्रहारबाट नं. ३० बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएका छन् । यसैगरी, ना१झ ५७४ नम्बरको गाडीमा क्षति पुग्नुका साथै केही अस्वभावका साधनहरूमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077