Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनले प्रकाशन गरेको नक्साबारे सरकारले कूटनीतिक नोट पठाउनुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रकाशन चिनियाँ सरकारले प्रकाशन गरेको नक्साबारे सरकारले कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता महरले यस्तो बताएका हुन् । नेता महरले चिनियाँ नक्सामा नेपालको चुच्चे भाग नक्सा समावेश नगरिनु चीनको त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गरे ।

उनले त्यसलाई सच्याउन नेपाल सरकारले चीनलाई कूटनीतिक नोट पठाउनुपर्ने बताए । नेता महरले चीनले जारी गरेको नक्साले नेपाल-चीनबीचमा सीमा समस्या रहेको विषय उजागर गरेको बताए ।

उनले भूगोल र जनसंख्याले कुनै मुलुक सानो र ठूलो भए पनि सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077