काठमाडौं । समाजवादी मोर्चाले आज गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्दैछ ।
देशका सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाले आज गण्डकीमा प्रदेशस्तरीय सन्देश सभा गर्न लागेको हो ।
पोखरास्थित दीपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
पोखरामा हुने कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा माओवादी केन्द्रले पाएको छ । मोर्चाले हिजो सुर्खेतमा कर्णालीस्तरको सन्देशसभा गरेको थियो ।
Leave a Reply