Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जबर्जस्ती अनसन तोडाएको भन्दै नेविसंघ पुल्चोक इन्जिनियरिङका सभापतिले दिए राजीनामा

काठमाडौं । पुल्चोक इन्जिनियरिङ कलेजका नेविसंघ इकाइ सभापति सुलभ चापागाईंले राजीनामा दिएको घोषणा गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता लिनेसम्बन्धी सहमतिमा आमरण अनसनरत पक्षलाई बेवास्ता गरिएको भन्दै सभापति चापागाईंले राजीनामा दिएका हुन् ।

शुल्क वृद्धि फिर्ताको माग गर्दै चापागाईं आफैं आमरण अनसन बसेका थिए । उनको अनसनमा नेविसंघ लगायतका संघ संगठनहरुले साथ दिएका थिए ।

बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा र प्रमुख विद्यार्थी संगठनका नेतृत्वहरुबीच शुल्क फिर्ता लिने र अनसन लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णयसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

सहमति पत्रमा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट विद्यार्थी संगठनकी अध्यक्ष आरती लामा, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव र विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सीले हस्ताक्षर गरेका छन् ।

तर आमरण अनसन बसेकाहरुलाई यो निर्णयमा संलग्न नगराइएको भन्दै सुलभ असन्तुष्ट थिए । उनले नेविसंघ पुल्चोक इकाइ सभापतिबाट राजीनामा दिएको सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।

चापागाईँलाई बुधवार सरकारसँग भएको उधारो सम्झौतापछि अध्यक्ष दुजाङ शेर्पाले जबर्जस्ती अनसन तोडाएको नेविसंघका नेताहरूको आरोप छ । शेर्पाले बन्द कोठामा थुनेर जबर्जस्ती अनसन तोडाएपछि उनले बिहीबार इकाई सभापतिबाट राजीनामा दिएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077