Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार केहीबेर अघि एकतर्फी सञ्चालनमा आएको सडक पहिरो पन्छाएपछि दुईतर्फी नै खुलाइएको हो ।

यसअघि पनि नाम्सी पुल नजिकै पहिरो खस्दा पटक(पटक सडक अवरुद्ध हुँदै आएको थियो । गएको शनिवार पनि यही क्षेत्रमा पहिरो खसेको थियो भने ७ गते र ५ गते पनि पहिरो गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077