Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

८० लाख डलरमा साइबर ब्युरोको भवन निर्माण गर्दै कोइका

काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले साइबर ब्युरो भवन निर्माण गर्ने भएको छ ।

बुधबार सामाखुसीमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क तेई यङ र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कोरियाली सरकारको सहयोगमा नेपाललाई बनाइदिन लागेको साइबर ब्युरो भवनको शिलान्यास गरेका हुन् ।

यस परियोजनाका लागि ८० लाख डलरमा बजेट विनियोजन गरिएको छ भने साइबर ब्युरोको भवन फेब्रुअरी २०२५ सम्पन्न हुने बताइएको छ।

कोइकाले अत्याधुनिक भवन निर्माण गर्नका साथै साइबर अपराध अनुसन्धान र डिजिटल फोरेन्सिक प्रयोगशाला सम्बन्धित उपकरण र नेपाल प्रहरीका सम्बन्धित मानव स्रोतको क्षमता निर्माणका लागि समेत सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077