Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्जिनियरिङको शुल्क घटाउन माग गर्दै भिसी कार्यालय अगाडि नेविसंघको होम

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघले इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्कवृद्धि फिर्ता लिन माग गर्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयअगाडि विरोधको कार्यक्रम गरेको छ।

नेविसंघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धिबिरुद्ध भिसी कार्यालय अगाडि होम हालेर साङ्केतिक विरोध जनाएको हो ।

आंगिक क्याम्पस स्नातक तहमा इन्जिनियरिङ अध्ययन संस्थानले शुल्कवृद्धि गरेको थियो।

शुल्कवृद्धि फिर्ताको माग गर्दै नेविसंघ पुल्चोक क्याम्पस इकाइ सभापति सुलभ चापागाईं आमरण अनशन बसेका छन् भने नेविसंघसहित विभिन्न विद्यार्थी संगठनहरूले शुल्कवृद्धि फिर्ताको मागसहित आन्दोलन गरिराखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077