Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचारका काण्ड लुकाउन शीर्ष नेता मिलेको कांग्रेस महामन्त्री थापाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला भ्रष्टाचारका काण्ड सामसुम पार्न ठूला नेताहरू मिल्ने गरेको आरोप लगाएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा एकपछि अर्को काण्डहरू सार्वजनिक भइरहेको भन्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ुभ्रष्टाचारको नेक्ससु बनिरहेको बताए । महामन्त्री थापाले संरचनागत संयन्त्रहरूमा देखिएको 'लुपहोल'भ्रष्टाचार मौलाएको बताए ।

महामन्त्री थापाले भनेका छन्, 'यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल' बनाउने सम्भावना एकदमै देखिन्छ।'

भ्रष्टाचार अन्त्यका लागि पार्टीभित्र मात्र नभई अन्य दल र नागरिक आन्दोलनसँग पनि एकाकार हुनुपर्ने पनि महामन्त्री थापाको भनाइ छ ।

भ्रष्टाचार प्रकरणले विगतमा अख्तियार दुरूपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा भ्रष्टाचारको 'नेक्सस' बनिरहेको रहेछ भन्ने छर्लङ्गै भएको पनि उनको भनाइ छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म पनि बलियो बनाउनुपर्ने महामन्त्री थापाको भनाइ छ । भ्रष्टाचारीका सन्दर्भमा नेता र नाता केही हेरिन नहुने महामन्त्री थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077