Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिव शिखर सहकारीका सञ्चालकविरुद्ध संगठित ठगीको मुद्दा दायर

काठमाडौं । शिव शिखर बहुद्देश्यीय सहकारीका सञ्चालकहरुविरुद्ध मुद्दा दायर गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान रिपोर्टको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेको हो ।

सो सहकारीका सञ्चालकहरुबाट ७८ करोड विगो असुल गर्न तथा आठ वर्ष कैद सजाय गर्न मुद्दामा माग गरिएको छ ।

सहकारीमा आवद्ध एक हजार १ सय ४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २ सय १४ रुपैयाँ ठगी गरेको ठहर सीआइबीले गरेको थियो ।

सहकारीका अध्यक्ष केदारनाथ शर्मा, उनकी श्रीमती तथा शिखर अर्गनाइजेशनका निर्देशक गीता शर्मा, सहकारीको लेखा समितिका पदाधिकारी शिवप्रसाद पौड्याल लगायतलाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077