Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चमा आजदेखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि पेसी तारेख अटोमेसनको सुरुआत गर्न लागेका हुन् ।

उनले अहिले परीक्षणका लागि अटोमेसन अभ्यास गर्न लागिएको जानकारी दिए । अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन् ।

न्याय क्षेत्रमा सुधारको अभियान जारी रहेको भन्दै उनले सबै क्षेत्रबाट सकारात्मक सहयोग आवश्यक रहेको बताए ।

अहिले परीक्षणका रूपमा सुरु गरिएको पेसी तारेख यसपछि काठमाडौं जिल्ला अदालतमा थालिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077