Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६० किलो सुन तस्करी प्रकरण : सीआईबीले माग्यो इन्टरपोलको सहयोग

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इन्टरपोलको सहयोग मागेको छ ।

हङकङबाट तस्करले भित्र्याएको ६० किलो सुन तस्करीमा चिनियाँ र भारतीय नागरिक पनि जोडिएपछि सीआईबीले इन्टरपोलको सहयोग खोजेको हो ।

नेपालमा सुन तस्करीमा संलग्न केही चिनियाँ देश फर्किसकेको पाइएपछि त्यहाँको पनि सहयोग लिन इन्टरपोल शाखा मार्फत सीआईबीले इन्टरपोललाई पत्राचार गरेको छ । यी देशका प्रहरीसँग पनि समन्वय गरिरहेको बताइएको छ ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६० किलो सुन हङकङबाट ब्रेक प्याडमा भित्रिएको थियो। भन्सार जाँच पास भइसकेको अवस्थामा राजस्वले बरामद गरेर गिरोहका केही सदस्यलाई तत्काल पक्राउ गरेको थियो । अहिले यो प्रकरणको अनुसन्धान सीआईबीले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077