Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केही वर्षभित्रै नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने कमल थापाको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अध्यक्ष कमल थापाले राजसंस्थाको पुनर्स्थापनासहित समृद्ध हिन्दु अधिराज्य नेपाल पार्टीको अबको गन्तव्य हुने घोषणा गरेका छन् ।

दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णय घोषणा गर्न शुक्रबार काठमाडौंमा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् ।

उनले राजसंस्थासम्बन्धी विगतको अवधारणालाई पुनर्विचार गरेर राजसंस्थाको पुनर्स्थापनासहितको प्रजातन्त्र पार्टीको मूलभूत विचार हुने घोषणा गरे ।

उनले राजसंस्थाको पुनर्स्थापना राप्रपा नेपालको कार्यनीति एजेन्डामध्ये एक हुने बताए । आमजनताको सहयोग र सद्भावबाट केही वर्षभित्रमा नै राजसंस्थालाई पुनर्स्थापना गर्ने र नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077