Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेश भट्टराईको आरोप - अदालत, अख्तियार र सिआईबीलाई राजनीतिक दबाबमा राखियो

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद अवरुद्ध एमालेले नभई सत्तापक्ष आफैंले गरेको बताएका छन् । बुधबारको संसद बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले एमालेलाई संसदको महत्व थाहा भएको भन्दै सत्तापक्षकै आग्रहमा पटक पटक सूचना टास गरेर बैठक स्थगित भएको स्मरण गराए ।

यस्तै उनले भ्रष्टाचार प्रकरणमा छानविन गरिरहेका राज्यका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको आरोप लगाए ।

दलहरूबीच उच्चस्तरीय छानविन आयोग बनाउने सहमतिको स्वागत गर्दै उनले भ्रष्टाचार प्रकरणमा अदालत, अख्तियार र सिआईबीलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको आरोप लगाए । साथै उनले कोशी प्रदेशमा फेरि संविधानमाथि निर्घात आक्रमण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077