Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका दुई हवल्दार र १० जना जवानहरू सम्पर्कविहीन

काठमाडौं । सशस्त्र प्रहरी बलका १२ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयका अनुसार उनीहरू केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएका हुन् ।

यसरी सम्पर्कविहीन हुनेहरूमा दुई जना हवल्दार र १० जना जवानहरू रहेका छन् । कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफुखुसी ब्यारेक छाडेर सम्पर्कमा नरहेको बताइएको छ ।

सम्पर्कविहीन हुनेहरूमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका-१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी-३ का हरि किसुन थारु रहेका छन् ।

यस्तै, जवानहरूमा झापाका प्रेम बुढाथोकी, उदयुपुरका गायत्रा बोहरा, मोरङका लिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका संतोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रविन तामाङ र कैलालीका अमानत शेष रहेका छन् ।

उनीहरुलाई गैरहाजिर हुनुको मनासिव कारणसहित सात दिनभित्र सम्पर्कमा आउन भनिएको छ । यदि सम्पर्कमा नआए कारबाही प्रक्रिया बढाउने सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077