Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी उपमहासचिव पुनले भने - भ्रष्टाचारविरुद्धका कुरा उठ्दा नकारात्मक प्रतिक्रिया दिनु एमालेको धर्म !

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेकपा एमाले सत्ता बाहिर बस्नु परेका कारण छट्पटाएको बताएका छन्।

पार्टीको युवा विशेष महाशाखाको बैठकलाई आइतबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा सम्बोधन गर्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

उपमहासचिव पुनले भने,‘भ्रष्टाचारविरुद्धका कुरा उठ्दा, सुशासनका कुरा उठ्दा होस् वा वैदेशिक सम्बन्धमा कुरामा होस् सकारात्मक विषयमा पनि प्रतिपक्षी भूमिका निर्वाह गर्ने नाममा नकारात्मक प्रतिक्रिया दिनु एमाले नेतृत्वको धर्म जस्तै भएको छ। तीन वर्ष सत्ता बाहिर बस्नुपर्दाको छटपटाहट संसद् र बाहिर र भित्रबाट सकारात्मक कामको विरोध गर्नुले पुष्टि गर्छ।’

उपमहासचिव पुनले लगातार तीन वर्षसम्म सत्ता बाहिर बस्नुपर्दा एमाले छट्पटिएको बताए। एमालेले जेसुकै विषयमा पनि संसद अवरुद्ध गरेर संसदलाई बन्दी बनाउनुको कारण सोही छटपटीको अभिव्यक्ति भएको उपमहासचिव पुनको भनाई छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'नेतृत्वको वर्तमान गठबन्धन सरकारले सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यका लागि चालेका कदममा यो वा त्यो नाममा विरोध गरेर एमालेले आफूलाई जनताको नजरमा गिराउने काम गरेको उनले आरोप लगाए।

पुनले निःशर्त संसदको अवरोध हटाएर लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्न एमाले नेतृत्वलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077