Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरे र प्रमुख सचेतकबीच छलफल जारी

काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकबीच छलफल सुरु भएको छ ।

सभामुख घिमिरेले सदनको अवरोध हटाउन सिंहदरबारस्थित कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकबीच छलफल थालेका हुन् ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक छन् ।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077