Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • अब गठबन्धन र शीर्ष नेताहरुको बैठक पनि लाइभ गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा

    अब गठबन्धन र शीर्ष नेताहरुको बैठक पनि लाइभ गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 990
    SHARES

    फाइल तस्विर

    इलाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनका बैठक र तीन दलका शीर्ष नेताको छलफल पनि लाइभ गर्नुपर्ने बताएका छन् ।

    शनिवार इलाममा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हर हुन् ।



    कांग्रेस बैठकजस्तै अब गठबन्धनको बैठक र कांग्रेस एमाले तथा माओवादीका शीर्ष नेताहरुको बैठक पनि लाइभ गर्नुपर्ने बताए । ती बैठकमा के छलफल हुन्छन् भन्ने जनताले थाहा पाउनुपर्ने उनको भनाइ छ ।



    महामन्त्री थापाले भने, ‘अब गठबन्धनका बैठक र तीन दलका शीर्ष नेताको छलफल पनि लाइभ गरौं, जनताले ती बैठकमा के हुन्छ भन्ने थाहा पाउनुपर्छ । मैले पनि समाचारबाट थाहा पाएँ, बालुवाटारमा गठबन्धनको बैठक बस्यो । गठबन्धनको बैठकमा नेताहरु बसेर छलफल गरे । ललिता निवासको बारेमा छलफल भयो र त्यो छलफलमा पूर्व प्रधानमन्त्रीहरुमाथि अनुसन्धान नगर्ने भन्ने सहमति भयो रे । गठबन्धनमा यस्तो छलफल गर्न पाइन्छ ?’

    महामन्त्री थापाले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुमाथि अनुसन्धान नगर्न सिआइबीलाई गठबन्धनले दबाब दिएकोमा आपत्ति जनाए ।

    महामन्त्री थापाले गठबन्धन बैठकमा अदालतको आदेश र ललिता निवास प्रकरणबारे छलफल हुनु नै आपत्तिजनक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार