Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • माओवादी उपमहासचिव पुनले भने – प्रचण्ड नेतृत्वको वर्तमान सरकार इतिहासकै लोकप्रिय !

    माओवादी उपमहासचिव पुनले भने – प्रचण्ड नेतृत्वको वर्तमान सरकार इतिहासकै लोकप्रिय !

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 774
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार इतिहासकै सर्वाधिक लोकप्रिय सरकार भएको दाबी गरेका छन् ।

    पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् । उपमहासचिव पुनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकार इतिहासकै सबैभन्दा लोकप्रिय रहेको दावी गरे।



    सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको दावी छ ।



    उपमहासचिव पुनले भने,‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ । सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ । इतिहासमा पहिलोपटक सरकार पपुलर भएको छ । प्रचण्ड माओवादीको मात्र नभई काँग्रेस र एमालेको समेत नेता हो । ३२ सिटसहित प्रतिनिधिसभामा हामी तेश्रो शक्ति छौं, तर सरकारको नेतृत्व गरिरहेका छौं । राष्ट्रिय राजनीतिमा सकालीन नेता प्रचण्ड नै हो ।’

    उपमहासचिव पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको बताए । त्यसैकारण संसदमा तेश्रो शक्ति भएर पनि माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बताए ।

    उनले सुशासनका लागि काम गर्दा कहिले प्रतिपक्ष र कहिले सरकारमै सहकार्य गरिरहेका रानजीतिक शक्ति आफूहरुसँग चिढिएको बताए ।

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनाहिना प्रकरणको छानबिन अघि बढ्दै गरेका बेला एमालेले बहुमत जुटाउन प्रयास गरेको खुलासा समेत पुनले गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार