Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरी एसपी थपलियाको निधन

पर्सा । सशस्त्र प्रहरी उपरीक्षक (एसपी)सुमन थपलियाको मृत्यु भएको छ ।

वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक एसपी ४४ वर्षीय सुमन थपलियाको शनिबार निधन भएको हो ।

वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो १ बजेतिर थपलियाको निधन भएको सशस्त्र प्रहरीले जनाएको छ ।

थपलियाको हार्ट अट्याकबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

शनिबार बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा रहेका बेला थपलिया अचानक अचेत भएर लडेका थिए ।

लगत्तै उनलाई उपचारका लागि बयोधा मेडिसिटी अस्पतालमा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077