Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब कांग्रेसका भ्रातृ सङ्गठन चलायमान बनाउन लाग्छु : महामन्त्री थापा

इलाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको सबैभन्दा पहिलो जग नै भ्रातृ तथा शुभेच्छुक संस्था भएको बताएका छन् ।

इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले पार्टीका भ्रातृ सङ्गठन तथा शुभेच्छुुक संस्था चलायमान बनाउन आफू लाग्ने बताए। केही शुभेच्छुक संस्थाको जिल्ला तथा केन्द्रीय महाधिवेशन भइसके पनि भ्रातृ सङ्गठनहरूको महाधिवेशन गराउन पार्टीले पहल गर्नुपर्ने उनको भनाइ छ ।

यसमा आफ्ना तर्फबाट आफू लाग्ने र आफ्नो ठाउँबाट सबै लाग्न जरुरी रहेको उनको भनाइ छ । नेपाली कांग्रेस विधानअनुरुप चलेमा र अवसरको सदुपयोग गरेर अगाडि बढ्न सके अझ धेरै ठूला एवं थुप्रै अवसर आउने उनको भनाइ छ ।

उनले कांग्रेस आफैं सक्षम भएका कारणले पनि आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077